कोभिड–१९ उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास छरितो बनाउन अर्थमन्त्री पौडेलको निर्देशन
गोरखापत्र अनलाइन
जेष्ठ ३, २०७८ सोमबार
अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिनुभएको छ ।
भर्चुअल माध्यमबाट आज सोमबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैर सरकारी संस्था,...