तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी
रासस
जेष्ठ १, २०७८ शनिबार
मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन तहमा मात्र वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ ।
केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका...