फागुनदेखि सुपरदोर्दी ‘ख’ को बिजुली राष्ट्रिय प्रसारण लाइनमा
रासस
बैशाख १८, २०७८ शनिबार
आगामी फागुनदेखि सुपरदोर्दी ‘ख’ आयोजनाकोको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सकेर आगामी फागुन महिनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो ।
निर्माण कार्य तीव्र भएकोले आगामी फागुनमा बिजुली उत्पादन गर्ने आयोजना साइट इञ्चार्ज रमेश सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो, “८५ प्रतिशत...