पोखरामा अहिलेसम्मकै उच्च, एकैदिन ५ को मृत्यु, ३१४ जना सङ्क्रमित
गोरखापत्र अनलाइन
बैशाख १९, २०७८ आईतवार
पोखरामा आज (आइतवार) अहिलेसम्मकै उच्च सङ्ख्यामा कोरोना संक्रमित ३ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
पोखराको लागि यो अहिलेसम्मकै उच्च रेकर्ड हो । त्यस्तै आज पोखरामा थप ५ जनाको ज्यान गएको छ ।कास्कीको पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुष, पोखरा २६ का ५८ वर्षीय महिला, पोखरा १६ की ७३ वर्षीय महिला, पोखरा १० की महिला (उमेर नखुलेको),...