किसानको मेहनतले बगर बगैंचा बन्दै
गोरखापत्र अनलाइन
चैत्र ३१, २०७७ मंगलवार
महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ८ को कुशमाडीस्थित मरहा नदिको ५० हेक्टरको जग्गा विगतमा वगरको रुपमा रहे पनि केही महिनादेखि भने हरियालीमय बनेको छ । त्यहाँ प्याज, भिन्डी, करैला, घिरौंला, लौका, काँक्रो, भन्टा, मकै, कोदो, खुर्सानीसहित विभिन्न जातका आँप, लिची, कटहरका बिरुवा छन् ।
यो क्षेत्र हरियालीमय होला भन्ने विश्वास नभएको समयमा विभिन्न संस्थाहरुको सहयोग तथा किसानहरुको मेहनतको कारणले यो क्षेत्र अहिले हरियालीमय...