‘त्यो भातखाने डाँडा, यो भातखाने डाँडा’
रासस
फाल्गुन १, २०७७ शनिबार
ऋतु फेरिएर हिउँदे अन्नपात भित्राउनुपूर्व ताराखोला गाउँपालिका–२ अर्गलमा बाली पूजाको रौनक चल्थ्यो । बाली पूजालाई ‘चैते’ र ‘ठूलो पूजा’समेत भन्थे, पाकापुराना । सिद्ध, देउराली र बराहथानमा बाली पूजा हुने गर्दथ्यो ।
थामको धुरीमा रहेको सिद्धथानमा धुमधाम पूजा गरेपछि गाउँभरिका मान्छे एकै ठाउँ जम्मा हुन्थे । पूजाको प्रसाद सामूहिक रुपमा ग्रहण गर्थे । प्रसादमा थानमा चढेको साँढे, पाठापाठीको मासुदेखि घरदेखि लगिएको...