आर्थिक अभाव, प्रविधि र नयाँ संस्करण नहुँदा पाठकविहीन बन्दै पुस्तकालय
गोरखापत्र अनलाइन
माघ २७, २०७७ मंगलवार
प्रविधिको विकास तथा नयाँ संस्करणका पाठ्यसामाग्री खरिद गर्न नसक्दा झापाको गौरादहमा रहेको सामुदायिक पुस्तकालय अहिले थला परेको छ ।
तत्कालीन गौरादह क्याम्पस हातामा करिब ५ कठ्ठा जग्गाको भोगाघिकार सहित आफ्नै भवनमा स्थापना गरिएको भव्य पुस्ताकलय अहिले अध्ययन गर्न आउने पाठकको अभावमा संकट बेहोर्दै आएको छ । एक समय हरेक अनुसन्धान, खोज, साहित्य, सामान्य ज्ञान हासिल गर्नदेखि किसानले आफ्नो बालीमा भएको समस्या समाधान गर्नसमेत...