सर्वोच्च अदालतमा चार पूर्वन्यायाधीशद्वारा लिखित जवाफ पेश
रासस
फाल्गुन ३, २०७७ सोमबार
पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूले अदालतको अवहेलना नगरी संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ ।
पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की अदालतको अवहेलना सम्बन्धि मुद्दामा आज आफै उपस्थित भएर पेश गरेको लिखित जवाफमा उक्त कुरा उल्लेख भएका हुन् । चार पूर्वप्रधानन्यायाधीले प्रतिनिधिसभा...