नेपाल टेलिकम १७ वर्षमाः ७० प्रतिशत जनसङ्ख्यामा पहुँच
रासस
माघ २३, २०७७ शुक्रबार
नेपालको दूरसञ्चार सेवामा अग्रणी संस्थाका रुपमा स्थापित नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) सत्र वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको छ । सरकारले अघि सारेको डिजिटन नेपाल अवधारणालाई सार्थक बनाउन टेलिकमले देशको दुर्गम क्षेत्रमा समेत उच्चतम प्रविधिको प्रयोगमार्फत सेवा ग्राहकसमक्ष सेवा प्रदान गर्दै आएको छ । मुलुकमा दूरसञ्चार सेवाको शुरुआत, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको...