शान्ति स्तूप खुलाः आन्तरिक पर्यटक बढ्ने विश्वास
रासस
पुष १३, २०७७ सोमबार
कोभिड–१९ का कारण झण्डै १० महिनादेखि बन्द रहेको पोखराको धार्मिक एवं प्रसिद्ध पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूपा आइतबारदेखि खुला गरिएको छ । स्तूपाको शनिबार विधिवत् रुपमा विशेष पूजा अर्चना गरेर खुला गरिएको हो ।
स्तुपा समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले भन्नुभयो, “कोभिड– १९ को कारण स्तूपा बन्द रहेको थियो, अहिले पर्यटन चलायमान हुन थालेपछि र पर्यटन सङ्घसंस्थाले पनि खोल्नुपर्छ भनेपछि स्वास्थ्य सकर्ततासहित...