दाङमा बट्टाइपालन व्यवसाय फस्टाउँदै, मासिक एक लाखभन्दा बढी आम्दानी
रासस
पुष ८, २०७७ बुधबार
दाङमा पछिल्लो समय व्यावसायिक कृषि कर्म गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ । राप्ती गाउँपालिका–२ लालमटियामा तीनजनाको संयुक्त लगानीमा ‘सुरवी बाख्रा तथा कुखुरा उत्पादन फार्म’ सञ्चालनमा छ । यसबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी हुदै आएको छ । रु ५० लाखको लगानीमा दुई बिघा क्षेत्रफलमा खोर बनाएर विभिन्न जातका पशुपक्षी पाल्दै आएको सञ्चालक शङ्कर गौतमले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पाँच वर्षअघि तीनजना विभिन्न...