तरकारीको बिरुवा हुर्कदा मनमा खुसी हुर्कन्छ
गोरखापत्र अनलाइन
मंसिर ४, २०७७ बिहीबार
गाउँमा रोजगारीको अभाव, परिवार पाल्नु पर्ने बाध्यता, वैदेशिक रोजगारको लागि अनुच्छुक, यस्तै बाध्यता र परिस्थितीले यामप्रसाद शर्मालाई बनायो कृषक ।
काठेखोला गाउँपालिका–२ भीमापोखरा सिमका यामप्रसाद शर्माले विगत १५ बर्षदेखि गाउँमै व्यवसायिक तरकारी खेती गरेर परिवार पाल्दै आउनुभएको छ ।
‘आवश्यकता नै आविष्कारको जननी हो’ भने जस्तै परम्परागत खेतीबाली छोडेर उहाँले तरकारी उत्पादनलाई व्यवसायिक बनाउने सोचका साथ मकै, गहुँकोदो...