कोसेलीको रोजाइ बन्दै लप्सीको क्यान्डी
चाँदनी हमाल
मंसिर ६, २०७७ शनिबार
लप्सीका लागि प्रसिद्ध दक्षिणकाली नगरपालिका अचेल लप्सी क्यान्डीका लागि चर्चित बन्दै भएको छ । कोरोना सङ्क्रमणका कारण लामो समय बन्द रहेको क्यान्डी उद्योग बिस्तारै जाग्दै छन् । बजार पसल खुल्ने तथा चाडबाडको मेसो आएसँगै उद्योग खुल्न थालेका हुन् ।
दक्षिणकाली नगरपालिका–८, छैमलेका उत्तमप्रसाद आचार्यको घरेलु उद्योगमा यतिबेला लप्सी क्यान्डी बनाउन भ्याइनभ्याई छ । गाउँबाट आउने कारिन्दा दशैँ, तिहारको तयारीमा व्यस्त रहेकाले...