गति लिँदै पहिलो आधुनिक नागढुङ्गा सुरुङमार्ग, आगामी मङ्सिर ९ गतेबाट खन्न थालिने
रासस
कार्तिक २१, २०७७ शुक्रबार
कोभिड–१९ का कारण कार्यतालिकाको निर्धारित अवधिभन्दा केही ढिला भएको नागढुङ्गा सुरुङमार्ग निर्माणले पुनः गति लिन थालेको छ । जापानी निर्माण कम्पनी हाजमा आङदो कर्पाेरेशनले सुरुङका लागि आवश्यक तयारी गरिरहेकाले आगामी मङ्सिर ९ गतेबाट खन्न थालिने भएको छ ।
गत चैतदेखि नै कोरोनाका कारण काम सुस्त भएकामा पछिल्लो समय गति लिइरहको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । नेपालको पहिलो आधुनिक उक्त सुरुङमार्ग अहिले...