नेकाँ पदाधिकारी बैठकमा महाधिवेशन फागुनमै गर्न सुझाव
गोरखापत्र अनलाइन
कार्तिक २२, २०७७ शनिबार
नेपाली कांग्रेसको आगामी फागुनमा गर्ने तय भएको १४ औं महाधिवेशन सोही मितिमा हुनुपर्ने सुझाव जारी पदाधिकारी बैठकमा बोल्ने अधिकांश नेताले दिनुभएको छ । फागुन ७ देखि हुने महाधिवेशनलाई पर नसारी क्रियाशील सदस्यता नवीकरण तथा वितरणलाई पहिला टुङ्ग्याउन जोड दिइएको छ ।
क्रियाशील सदस्यता वितरण प्रक्रिया टुङ्गिएको दुई महिनामा वडा, नगर, पालिका, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, जिल्ला एवम् प्रदेश अधिवेशन...