काँग्रेस पदाधिकारी बैठक ‘झिना मसिना विषयमा नअल्झिन आग्रह’
गोरखापत्र अनलाइन
कार्तिक १७, २०७७ सोमबार
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका कारण जनता ठूलो सङ्कटमा रहेकाले पार्टीभित्रका झिना मसिना विषयमा नअल्झिन आग्रह गर्नुभएको छ ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा केही वरिष्ठ केन्द्रीय सदस्य सम्मिलित बैठकको सुरुवात गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
बैठकमा मुख्य गरी, कोरोना महामारी र सरकारका कामको समीक्षा, पार्टीभित्रको...