logo
२०८१ असोज १२ शनिवार



जीप दुर्घटनामा पाँच जना घाइते, दुईको अबस्था गम्भीर

फिचर |
खुला |


जीप दुर्घटनामा पाँच जना घाइते, दुईको अबस्था गम्भीर


मुरारी अधिकारी
धादिङ, कात्तिक १८ गते । नीलकण्ठ नगरपालिका वडा नं. ८ ससाहमा स्कारपियो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कारपियो कालुपाण्डे मार्गको ससाहमा सडकबाट करिब एक सय मिटर तल थोपल खोलामा खस्दा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते दुई जनालाई हेलिकप्टेरबाट उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा मुक्तिनाथ विकास बैँक प्रदेश प्रमुख सुरेन्द्र श्रेष्ठ, मुक्तिनाथ विकास बैँक धादिङ शाखाका प्रमुख विनोद खतिवडा लगायत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?