सङ्घर्षले बनाएको यामकुमारीको पहिचान
रासस
श्रावण १०, २०७८ आईतवार
एउटा सङ्र्घषपछिको सफलताको कथा पढ्न लेख्नजति नै आनन्द लाग्छ उति नै सफलता प्राप्त गर्नका लागि गरेको त्याग, सङ्घर्ष र समर्पण सम्झन लायक हुन्छ । सङ्घर्षशील एकल महिलाले ढाका बुनाइमा पाएको सफलता निकै प्रेरणादायी बन्न सफल भएको छ । बागलुङ नगरपालिका– १० भकुण्डे घर भई हाल बागलुङ बजारको गुठीमा बस्दै आउनुभएकी यामकुमारी थापा हस्तकलामा व्यस्त हुनुहुन्छ ।
थापाले एकल जीवन बिताउन थालेको १९ वर्ष भयो । उहाँलाई पहिला अब यो एक्लै कसरी...