भैँसीपालनमा भविष्य खोज्दै पाल्पाली युवा
रासस
श्रावण १३, २०७८ बुधबार
‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीँ, दुबई पनि यहीँ, मलाई मलेसिया यहीँ ।’
गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उहाँ चार वर्ष दुबईमा बिताउनुभयो । वैदेशिक रोजगारी चित्तबुझ्दो नभएकाले घर फर्केपछि उहाँले अहिले भँैसीपालनलाई आफ्नो आम्दानीको मुख्य पेशा बनाउनुभएको छ । उहाँले तराईबाट उन्नत जातका भैँसी ल्याएर पाल्नुभएको...