तीनकुनेमा बुद्धपार्क निर्माणलाई पुनः गति दिँदै काठमाडौँ महानगर
गोरखापत्र अनलाइन ,
असार १६, २०७७ मंगलवार
तीनकुनेको वडा नं ३२ मा अवस्थित खाली जग्गामा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथाकार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउने जनाइएको छ ।
‘तत्कालिन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रहण गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको हो । तर, अहिलेसम्म...