पोखरामा सातसहित गण्डकीमा १७ सङ्क्रमित थपिए, कुल ९६६
गोरखापत्र अनलाइन ,
असार १६, २०७७ मंगलवार
मङ्गलबार पोखरामा सातसहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित १७ जना थपिएका छन् । योसँगै सङ्ख्या ९६६ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा १७ जनामा मङ्गलबार बिहान कोरोना पुष्टि भएको हो ।
तनहुँको ब्यास नगरपालिकाका तीन पुरुष र दुई महिला, स्याङ्जाको पुतलीबजारका एक पुरुष, लमजुङको बेँसीसहर नगरपालिका, मध्य नेपाल गाउँपालिका र मर्स्यांङ्दी गाउँपालिकाका १/१...