नेकपा र काँग्रेस कार्यकर्ताबीच झडपमा गोली चल्यो, १५ भन्दा बढी घाइते
गोरखापत्र अनलाइन ,
असार १५, २०७७ सोमबार
सर्लाहीको धनकौल गाउँपालिका–३, मा आइतबार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा १५ जना बढी घाइते भएका छन् ।
सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले झडपमा १५ जनाभन्दा बढी घाइते भएका र उनीहरू सबैको जिल्ला अस्पताल, मलङ्गवामा उपचार भइरहेको जानकारी दिनुभयो ।
'राति झडपलाई नियन्त्रण गर्ने र घाइतेलाई उद्धार गर्ने काममै केन्द्रित भयौँ', प्रहरी उपरीक्षक पोखरेलले...