सल्यानमा थपिए ३८ सङ्क्रमित, सङ्क्रमितको संख्या ९२ पुग्यो
गोरखापत्र अनलाइन ,
जेष्ठ २४, २०७७ शनिबार
सल्यानमा थप ३८ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका ३८ जना रिर्पोट पोजिटिभ आएको हो ।
दुईजना महिलासहित सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा ३८ जना सङ्क्रमित भेटिएका हुन् । जसमा बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का १८, २० र ३४ वर्षीय ३ जना, वडा नम्बर २ मा २० र २१ वर्षीय एकरएक जना महिला पुरुष, वडा नम्बर ३ मा वडा १४, १८, २४, २४,...