सैनामैनामा तयार भए सय शय्या, नवलपरासीमा बन्दै दुई सय शय्या
गोरखापत्र अनलाइन ,
जेष्ठ १८, २०७७ आईतवार
काेराेना भाइरस सङ्क्रमितको सङ्ख्या थपिदै जाँदा प्रदेश ५ मा उपचारका संरचना र संयन्त्रहरू पनि थपिँदै गएका छन् । प्रदेश सरकारको रणनीति अनुसार स्थानीय तहहरूमा क्वारेन्टाइन,आइसोलेसनलगायत स्वास्थ्य तथा उपचार संयन्त्रहरू विस्तार भइरहेका छन् ।
बुटवलमा कोरोना विशेष अस्पताल रहेको रुपन्देहीको सैनामैनामा पछिल्लो पटक एक सय शय्याका अस्थायी अस्पताल सञ्चालनमा आएको छ । सङ्क्रमणको जोखिममा रहेको नवलपरासीमा पनि दुई सय आइसोलेसन...