नवलपरासीमा थपिए तीन सङ्क्रमित, गण्डकीमा सङ्क्रमितको सङ्ख्या २७ पुग्यो
गोरखापत्र अनलाइन ,
जेष्ठ १९, २०७७ सोमबार
गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड - १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या २७ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार सोमबार बिहान थप तीन जानामा सङ्क्रमणा पुष्टि भएसँगै गण्डकी प्रदेशका ६ जिल्लामा कोभिड १९ को सङ्क्रमित सङ्ख्या २७ पुगेकाे हाे ।