बढ्दै कोरोना जितेर फर्कनेहरू, बाँकेको नरैनापुरको जनजीवन सामान्यतर्फ
गोरखापत्र अनलाइन ,
जेष्ठ १६, २०७७ शुक्रबार
तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिइरहेको प्रदेश ५ मा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या पनि उत्साहजनक वृद्धि भइरहेको छ । पछिल्लोपटक दाङमा आठ जना सङ्क्रमित निको भएर घर फर्किनुभएको छ । कोरोना विशेष अस्पताल, बेलझुण्डीमा उपचाररत उहाँहरू निको भएकोमा मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत् बधाई दिनुभयो ।
यो प्रदेशमा अति संवेदनशील मानिएको बाँकेको नरैनापुरको जनजीवन पनि सामान्यतर्फ फर्किन थालेको छ । यहाँ...