दैलेखका थप ८ जनामा कोरोना पुष्टि, सङ्क्रमित सङ्ख्या १६ पुग्यो
गोरखापत्र अनलाइन ,
जेष्ठ १५, २०७७ बिहीबार
दैलेखमा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा बिहीबार कोरोना पुष्टि भएका नारायण नगरपालिका -१ का २६ वर्षीय पुरुष, नारायण - ३ का १९, ३० ३६, ४० पुरुष, नारायण - ४ का एक वर्षीय बालक, २० वर्षीया महिला र नारायण -५ का १५ वर्षीय पुरुष रहेका छन् ।