अन्नपूर्ण गापाको नयाँ तरिका, राहत होइन काम दिएर ज्याला
रासस
जेष्ठ ६, २०७७ मंगलवार
“म श्रममा विश्वास गर्र्छु, पेशाले होटल व्यवसायी म अहिले होटल बन्द भएकाले बाटो निर्माणमा जुटेको छु”, अन्नपूर्ण गाउँपालिकाको काँडेदेखि अष्ट्रेलियन क्याम्प हुँदै मर्दी हिमाल जाने पदमार्ग निर्माण कार्यमा व्यस्त सागर केसीले भन्नुभयो । केसीको पोखरा–बागलुङ राजमार्गमा रहेको ग्रीन भ्यू रेष्टुराँ हाल देशमा जारी बन्दाबन्दीका कारण बन्द छ । “घरमा श्रीमती र छोराछोरी छन्, रोजीरोटीका लागि पनि म श्रममा जुटेको छु”, बागलुङ नेपानेका...