आगामी असारदेखि सञ्चालनमा आउँदै सबैभन्दा ठूलो सबस्टेसन, लकडाउनमा पनि काम धमाधम
रासस
जेष्ठ ८, २०७७ बिहीबार
नियमित काम हुन पाएको भए देशकै सबैभन्दा ठूलो सबस्टेसन गत चैतको अन्तिम सातादेखि नै सञ्चालनमा आइसक्ने थियो । देश तथा विदेशमा कोरोना कहर फैलिएपछि काम रोकियो । निर्माण सामग्री आउन पाएन, चिनियाँ प्राविधिक आफ्नै मुलुकमा रोकिए । सोही कारण मुलुकको हालसम्मकै सबैभन्दा ठूलो सबस्टेसन निर्माणको काममा समेत गत्यावरोध पैदा भयो ।
पछिल्ला दिनमा सरकारले सामाजिक दूरी कायम गरेर निर्माणाधिन आयोजना सञ्चालनमा ल्याउन दिने विधि बनाएपछि...