बाँकेमा आइसोलेसनका दुईसय बेड थप्ने निर्णय, क्वारेन्टाइन थप व्यवस्थित गरिने
गोरखापत्र अनलाइन
जेष्ठ ५, २०७७ सोमबार
बाँके जिल्लामा भारतबाट फर्किनेको सङ्ख्यासँगै कोरोना सङ्क्रमितसमेत बढ्न थालेपछि आइसोलेसन वार्ड र क्वारेनटाइनलाई थपेर व्यवस्थित बनाउने निर्णय गरिएको छ ।
जिल्लामा ३४ जना सङ्क्रमित फेला परेको र तीमध्ये एकजना युवकको मृत्यु भएपछि पाँच नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल नेपालगञ्जमै बसेर कोरानाविरुद्धको अभियानको प्रत्यक्ष निगरानी गरिरहनुभएको छ ।