जयपृथ्वीबहादुर सिंहको बौद्धिक क्रान्तिको उपज गोरखापत्र
गोरखापत्र अनलाइन ,
बैशाख २४, २०७७ बुधबार
राष्ट्र र समाज निर्माणको पहिलो खुड्किलो बौद्धिक क्रान्ति हो । जहा“ बौद्धिक क्रान्ति हुन्छ त्यहा“ सामाजिक परिवर्तन सजिलै हुन्छ । जहा“ सामाजिक क्रान्ति हुन्छ त्यहा“ राजनीति मानवताको पक्षधर हुन्छ, मानवीय व्यवहारमा उभिएको हुन्छ र मानवताको संरक्षक भएर बसेको हुन्छ । यदि समाजमा बौद्धिक क्रान्ति बिनाको सामाजिक क्रान्ति भयो र सामाजिक क्रान्ति बिनाको राजनीतिक क्रान्ति भयो भने त्यो ल“गडो हुन्छ, अपूरो हुन्छ । त्यसैले होला...