स्वीस सरकारले दिएको ३० हजार पीसीआर टेष्ट किट काठमाडौआइपुग्यो
गोरखापत्र अनलाइन ,
बैशाख २५, २०७७ बिहीबार
नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ । त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा आज साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त किट हस्तान्तरण गर्नुभएको हो