चौध वर्षीय बालकलाई कोरोना पुष्टिपछि सर्लाहीको धनकौल गाउँ सिल गर्ने तयारी
गोरखापत्र अनलाइन ,
बैशाख ११, २०७७ बिहीबार
जनकपुरमा परीक्षण गर्दा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नदेखिएका सर्लाही धनकौलका १४ वर्षीय एक बालकको काठमाडौंमा पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ ।
जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने धनकौल गाउँपालिका–५, का ती बालकलाई वैशाख ५ गते आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यस लगत्तै उनलाई पीसीआर विधिबाट स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइयो । त्यहाँ बालकमा...