प्रदेश २ काे निर्णय कोरोना विरुद्ध खटिनेकाे मृत्यु भए ५० लाख , किसानको चार महिनाको व्याज सरकारले तिर्ने
गोरखापत्र अनलाइन ,
चैत्र २८, २०७६ शुक्रबार
प्रदेश सरकार मन्त्री परिषदको शुक्रबार सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि नियन्त्रण, रोकथाम तथा उपचारकार्यमा संलग्न हुने निजामति वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीलाई कोरोनाको सक्रमण भई मृत्यु भए पीडित परिवारलाई ५० लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।