भारतीय मजदूर भन्छन्: ‘क्वारेन्टाइनमा बस्दा समस्या छैन ’
रासस
चैत्र २९, २०७६ शनिबार
डडेल्धुरा अस्पतालको निर्माणाधीन भवनमा काम गर्दै आउनुभएका भारत उत्तरप्रदेश रामपुरका परितोस विश्वास घर (भारत) फर्किन यही चैत १९ गते कञ्चनपुरको भीमदत्तनगर आइपुग्नुभयो ।
डडेल्धुराबाट भीमदत्तनगर आइपुगेका उहाँ सहित २६ जनाको मजदूरको टोली कोभिड–१९को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी भएपछि यही रोकियो ।
स्थानीय प्रशासनको निर्णयमा भीमदत्तनगरपालिकाले खानपिनको व्यवस्था गर्ने गरी ती मजदूर सहित २९ जनालाई यहाँको बैजनाथ...