कोरानाले कामदार पाइएन, गाउँपालिकाले थाल्यो मेसिन लगाएर निःशुल्क गहुँ काट्न, किसान खुसी
गोरखापत्र अनलाइन ,
चैत्र २८, २०७६ शुक्रबार
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले गाउँपालिका सबै किसानको निःशुल्क रुपमा गहुँ कट्न सुरु गरेको छ । बन्दाबन्दी (लकडाउन)का कारण खेतमै रहेको गहुँबाली काटेर भित्र्याउन नसकेका किसानहरुका लागि गाउँपालिकाले सो कार्य सुरु गरेको हो । संभवतः यस्तो कार्य नेपालमा पहिलो पटक हो ।