कर्णाली प्रदेश सरकारले बालबालिकासहित एक सय तीस जना हुम्लीबासीको उद्धार
गोरखापत्र अनलाइन
चैत्र १७, २०७६ सोमबार
कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न देशभर लकडाउन चलि रहेका बेला कर्णाली प्रदेश सरकारले नेपालगंजबाट बालबालिका र महिला सहित एक सय तीस जना हुम्लाबासीको उद्धार गरेको छ । लकडाउन कै कारण हवाई सेवा बन्द हुँदा ८० जना बालबालिका सहित अन्य हुम्लाबासी नेपालगंजमा रोकिएको अवस्थामा प्रदेश सरकारले गाडीबाट मुगु पुर्याउने व्यवस्था गरेको हो ।