लकडाउन: पशु चौपाया भोकै !
रासस
चैत्र १६, २०७६ आईतवार
“यी बाँदर र कुकुर बोल्न सक्दैनन् । यिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएर खान्थे । लकडाउनपछि यी भोकै छन् । यिनको केही व्यवस्थापन गरिदिए कस्तो राम्रो हुन्थ्यो”, स्वयम्भूनाथ परिसरमा भेटिएका खुद्रा व्यापारी ईश्वर बस्नेतको भनाइ हो यो । मन्दिर व्यवस्थापन समिति र पुजारीले साँझ बिहान सामान्य खानेकुरा दिए पनि यी जनावर लामो समयदेखि भोकै छन्, यिनको व्यवस्थापन कसरी गर्ने होला, ती व्यवसायीको आँखामा चिन्ता मिश्रित...