धनगढीका संक्रमित काडमाडौंबाट नेपालगञ्ज, कोहलपुर, अत्तरीया हुँदै धनगढी पुगेका थिए
गोरखापत्र अनलाइन ,
चैत्र १५, २०७६ शनिबार
चैत ७ गते शुक्रबार दुवईबाट इमिरेट एअरलाइन्सको फ्लाइट नम्बर ईके ०५१० मा दिल्ली र दिल्लीमा छ घण्टाको ट्रान्जिटपछि भिस्तरा एअरलाइन्सको यूके ० १५५ को फ्लइटबाट दिउँसो ४ ः ३० मा काठमाडौ आएका थिए । त्यो दिन काठमाडौमै मामा घरमा बसेका उनी अर्कोदिन मात्रै नेपालगञ्जसम्म वुद्ध एअरमा र त्यसपछि अटोरिक्सामा कोहलपुर, माइक्रोमा अत्तरिया र अत्तरियाबाट बसमा धनगढी पुगेको आफन्तहरुले बताएका छन् ।