भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा अहेब कुटिए, भाटाले छातीमा हिर्काए, बुढी औला चपाईदिए !
गोरखापत्र अनलाइन
चैत्र १३, २०७६ बिहीबार
भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुरचौडीमा परिवारका सदस्य क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मीलाई भाटाले छातीमा हिर्काएर हातको बढी औंला चपाई दिएका छन् ।
घटना बैतडीको पुरचौडी नगरपालिका –५ कुवाकोटको हो । चैत १२ गते भारतको ब्याङ्लोरबाट आएका सात जनालाई पुरचौडी नगरपालिका–५ कुवाकोटको भूमिराज माबि काटै गहताडको क्वारेन्टाईनमा राखिएको थियो ।