काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार
रासस
फाल्गुन २७, २०७६ मंगलवार
काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएका हुन् ।