सगरमाथा आरोही कल्पनाको सङ्कल्प, नाफाकाे जीवन हाे समाज सेवामा लगाउँछु
रासस
फाल्गुन २४, २०७६ शनिबार
विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नु चानचनुे कुरा होइन । हिम्मत गरेर आठ हजार ८४८ मिटर अग्लो चुचुरो आँक्नेमध्ये थोरैले मात्र पाइला टेक्न सक्छन् ।
हिउँको बाटो, हिउँको माटो, हिउँकै पहाड, हिउँकै जङ्घार, जताततै हिउँकै संसार । त्यही हिउँ संसारमा रम्न सक्ने दृढआत्मविश्वासको भारी बोकेर उकाली लाग्नुभयो ललितपुरकी कल्पना महर्जन । आधार शिविरबाट देख्दा, सेता हिउँमाझ सेतो गुराँस फुले झै अग्लिएको सगरमाथाले उहाँको...