टुकुचाका ‘घाँसे दिदीकाे पीडा, दिनभरि खाेज्दा पनि एक भारी धाँस पाउन मुश्किल’
रासस
फाल्गुन २५, २०७६ आईतवार
भर्खरै कालोपत्रे भएकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वार अगाडिका चिल्ला सडकमा आज मध्याह्न गाडी हुइँकिँदै थियो । सवारी पातलो भए पनि सदाझैँ सडकपेटीमा बटुवाको आवतजावत बाक्लै थियो । त्यही भीडमा घाँसको भारी बोकेका दुई महिला सिंहदरबारको मूलगेट हुँदै रामशाहपथबाट गन्तव्य सोझ्याइरहेका थिए ।
घाँसले अनुहार छोपिएको थियो । पाइलो सार्दा लथ्रकलथ्रक हल्लाएको घाँसका त्यान्द्राको छिद्रबाट बेलाबेलामा...