logo
२०८१ बैशाख १४ शुक्रवार



मेस्सीको कीर्तिमान, बार्सिलोनाको सोसिडाडमाथि फराकिलो जित

फुटबल |
खेलकुद |


मेस्सीको कीर्तिमान, बार्सिलोनाको सोसिडाडमाथि फराकिलो जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ९ गते । फरवार्ड लियोनल मेस्सीले ७६८ औं खेलमा बार्सिलोनाको प्रतिनिधित्व गर्नुभएको छ । ३३ वर्षीय आर्जेन्टिन फरवार्ड मेस्सीले स्पेनका जाभीभन्दा एक खेल बढी खेल्नुभएको हो ।
स्पेनिस ला लिगामा मेस्सीले ब्यक्तिगत दुई गोल गर्दा रियल सोसिडाडमाथि बार्सिलोनाले ६–१ को फराकिलो जित हात पारेको छ । जितसँगै बार्सिलोनाले शीर्षस्थानको एटलेटिको मड्रिडभन्दा मात्र चार अङ्कको दूरी कायम गरेको छ । एटलेटिको मड्रिडको ६६ अङ्क छ । बार्सिलोनाले सामान २८ खेलबाट ६२ अङ्क बटुलेको हो ।
एन्टोनियो ग्रिजमनले सुरुवाती गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाउनुभयो । सर्जिनो डेस्टले दुई गोल गर्नुभयो । ओसमाने डिम्बालाले समेत एक गोल थप्नुभयो । मेस्सीले जारी संस्करणमा २३ गोल गर्नुभएको छ ।
खेलमा ५–० ले पछाडी परेको रियल सोसिडाडका लागि एन्डर बारेनेक्जियाले सान्त्वना गोल फर्काउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?