logo
२०८१ बैशाख ८ शनिवार

 एफ ए कप सेमीफाइनल 



चेल्सीले म्यान्चेष्टर सिटीको र लेष्टरले साउथम्पटनको सामना गर्ने

फुटबल |
खेलकुद |


चेल्सीले म्यान्चेष्टर सिटीको र लेष्टरले साउथम्पटनको सामना गर्ने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ९ गते । आठ पटकको विजेता चेल्सीले एफ ए कपको सेमिफाइनलमा म्यान्चेष्टर सिटीको सामना गर्ने भएको छ । लेष्टर सिटीले साउथम्पटनको सामना गर्नेछ । दुबै खेल वेम्ब्लीमा अप्रिल १७ र १८ मा हुनेछ ।
चेल्सीले एफ ए कपको फाइनलको गत संस्करणमा आर्सनलबाट पराजित हुन पुगेको थियो । शेफिल्ड यूनाइटेडलाई २–० ले हराएर ऊ अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो ।
लेष्टर सिटी भने एफ ए कप अझै उचाल्न सकेको छैन् । ऊ फाइनलमा चार पटक हार बेहोरेको छ । म्यान्चेष्टर यूनाइटेडलाई ३–१ ले हराएर ऊ सेमिफाइनलमा स्थान पक्का गरेको हो । एफ ए कपको फाइनल १५ मईमा हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?