logo
२०८१ बैशाख ८ शनिवार



३९ वर्षमा पहिलो पटक लेष्टर सिटी एफ ए कपको सेमीफाइनलमा पुग्यो

फुटबल |
खेलकुद |


३९ वर्षमा पहिलो पटक लेष्टर सिटी एफ ए कपको सेमीफाइनलमा पुग्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ९ गते । लेष्टर सिटी एफ ए कपको सेमिफाइनलमा पुगेको छ । ३९ वर्षमा पहिलो पटक ऊ एफ ए कपको सेमिफाइनलमा स्थान सुनिश्चित गरेको हो ।
लेष्टर सिटीले किंग पावर रङशालामा म्यान्चेष्टर यूनाइटेडलाई ३–१ ले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो । ब्रान्डन रोजर्सको लेष्टर सिटीले सेमिफाइनलमा साउथम्पटनको सामना गर्नेछ । सन् १९८२ को सेमिफाइनलमा टट्नहमसँग हार बेहोरेर बाहिरिए यता पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
सिटीको जितमा स्ट्राइकर केलेची हिनाचो नायक साबित हुनुभयो । उहाँले २४ औं र ७८ औं मिनेटमा गोल गर्नुभयो । पछिल्लो नौ खेलमा केलेचीले नौ गोल गर्नुभएको छ । केलेचीले २४ औं मिनेटमा पहिलो गोल गर्दै लेष्टरलाई सुरुवाती अग्रता दिलाउनुभयो ।
यूरी टेलिमान्सले ५२ औं मिनेटमा गोल गर्दा लेष्टरले २–१ को अग्रता लियो । त्यसअघि, म्यान्चेष्टरका लागि मेसन ग्रीनऊडले ३८ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याउनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?