logo
२०८१ बैशाख २४ सोमवार



एन्फाले मोफसल फुटबल प्रतियोगिताको तालिका हेरफेर गर्यो

फुटबल |
खेलकुद |


एन्फाले मोफसल फुटबल प्रतियोगिताको तालिका हेरफेर गर्यो
तस्विर–गोल नेपाल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ११ गते । एन्फाले देशभरि हुने विभिन्न नक आउट प्रतियोगिताको खेल तालिकामा हेरफेर गरेको छ । एन्फाले देशको विभिन्न स्थानमा हुने १४ वटा नक आउट प्रतियोगिताको तालिका हेरफेर गरेको हो ।
एन्फाको प्रतियोगिता विभागले सार्वजनिक गरेको तालिका बमोजिम १४ वटै नकआउट प्रतियोगिता चैत्त महिनादेखि जेठसम्म सञ्चालन हुनेछ । तालिका बमोजिम आहा रारा गोल्ड कप चैत्त १७ गतेदेखि २८ गतेसम्म हुनेछ । राजर्षि जनक गोल्ड कप चैत्त २१ गतेदेखि ३० गतेभित्र सम्पन्न हुने निर्धारण गरिएको छ ।
त्यसैगरी, बिराट गोल्ड कप चैत्त २६ गतेदेखि वैशाख चार गतेसम्म हुनेछ । महात्मा बुद्ध गोल्ड कप चैत्त २७ देखि बैशाख पाँच गतेसम्म चल्नेछ । सिमरा गोल्ड कप चैत्त ३० गतेदेखि बैशाख आठ गतेसम्म आयोजना हुनेछ ।
बागेश्वरी गोल्ड कप चैत्त २७ गतेदेखि बैशाख पाँच गतेसम्म सञ्चालन हुनेछ । मदन भण्डारी गोल्ड कप २ बैशाख, २०७८ देखि नौ गतेसम्म चल्नेछ । बेलबारी अन्तर्राष्ट्रिय प्रतियोगिता जेठ ६, २०७८ देखि १५ गतेसम्म हुने तय गरिएको छ ।
पाँचौं अन्तर्राष्ट्रिय भरोल प्रतियोगिता चैत्त २१ गतेदेखि २८ गतेसम्म हुनेछ । विजय खड्गी स्मृति कप फुटबल प्रतियोगिताको मिति चैत्त १२ देखि २१ गतेसम्मका लागि तय गरिएको छ । बागमती गोल्ड कप चैत्त १३ देखि २२ गतेसम्म, शुभकामना गोल्ड कप फुटबल प्रतियोगिता जेठ एकदेखि आठसम्म तथा रमपम उदयपुर गोल्ड कप जेठ २९ गतेदेखि अषाढ पाँच गतेसम्म हुने तय गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?