logo
२०८१ बैशाख २४ सोमवार



प्रदेश २ मा ए डिभिजन फुटसल खेल्ने टोली भएन

फुटबल |
खेलकुद |


प्रदेश २ मा ए डिभिजन फुटसल खेल्ने टोली भएन
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ११ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रदेश २ मा ए डिभिजन राष्ट्रिय फुटसल लिगको छनाेट रद्द गरेको छ ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले लिग खेल रद्द गरिएको जानकारी दिनुभएको छ । उहाँले प्राविधिक कारणले प्रतियोगिता स्थगित भएको बताउनुभएको छ ।
लिग खेल चैत्त ८ गतेदेखि १२ गतेसम्म हुने निर्धारण गरिएको थियो । प्रदेश २ मा फुटबल खेल्ने स्तरीय रङशाला समेत नरहेको अवस्थामा एन्फाले हेटौंडामा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको थियो । एन्फाका प्रवक्ता किरण राईले ए डिभिजन फुटसल लिग खेल्न कुनै टोलीले नाम दर्ता नगराएपछि प्रतियोगिता नै रद्द गर्नुपरेको बताउनुभयो ।
मोफसलको प्रत्येक प्रदेशमा हुने छनाेट प्रतियोगितामा फाइनलसम्म पुग्ने दुई दुई टोली ए डिभिजन राष्ट्रिय फुटसल लिगको लागि छनाेट हुनेछ । उक्त लिग जेठ १ गतेदेखि २१ गतेसम्म चल्नेछ ।
यसअघि प्रदेश १ बाट सुनसरीको धरान टोली र द राइजिङ फुटसल राष्ट्रिय लिग खेल्ने छनाेट भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?