logo
२०८१ बैशाख २५ मंगलवार



किर्गिस्तान विरुद्ध सञ्जोग र त्रिदेबले ‘डेब्यु’ गर्दै

फुटबल |
खेलकुद |


किर्गिस्तान विरुद्ध सञ्जोग र त्रिदेबले ‘डेब्यु’ गर्दै
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १२ गते । नेपालले ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलको लागि सुरुवाती ११ को घोषणा गरेको छ । प्रशिक्षक बालगोपाल महर्जनले मीडफिल्डमा बढी जोड दिदै सुरुवाती ४–४–२ को रणनीतिमा किर्गिस्तान बिरुद्ध नेपाली टोलीलाई उतार्न लाग्नुभएको हो ।
किरणकुमार लिम्बूको कप्तानीमा उत्रिएको टोलीको रक्षात्मक पद्धतीको जिम्मेवारी रोहित चन्द र अनन्त तामाङमा निर्भर रहनेछ । रञ्जित धिमाल र दिनेश राजवंशीले चन्द र तामाङलाई साथ दिनुहुनेछ ।
मीडफिल्डमा त्रिदेव गुरुङ, सञ्जोग राई, तेज तामाङ र रबिशंकर पासवानलाई उतारिदैछ । अभिषेक रिजाल र अञ्जन विष्ट फरवार्डको जिम्मेवारीमा प्राथमिकतामा पर्नुभएको छ ।
‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज किर्गिस्तानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजे दुई टोलीबीचको खेल सुरु हुनेछ ।
नेपाल, बङ्गलादेश र किर्गिस्तान सम्मिलित ‘थ्री नेशन्स कप’ मा आज हुन लागेको खेल दोस्रो खेल हो । यसअघि उद्घाटन खेलमा किर्गिस्तानले बङ्गलादेशसँग १–० ले हार बेहोरेको थियो । प्रतियोगितामा नेपालले किर्गिस्तानलाई हराए बङ्गलादेश विरुद्धको दोस्रो खेल खेल्नु अघि नै फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
किर्गिस्तानले भने प्रतियोगितामा जिवित रहन आजको खेलमा नेपाललाई हराउनैपर्ने बाध्यता छ । नेपालले किर्गिस्तानलाई बराबरीमा रोकेर बङ्गलादेश बिरुद्धको खेल जित्ने अवस्थामा पनि किर्गिस्तान बाहिरिनेछ ।
नेपालले घरेलु दशर्कको उपस्थितिमा आफ्नो पहिलो खेलमा जित हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?