logo
२०८१ बैशाख २५ मंगलवार



इंग्ल्याण्डको सान मारिनोमाथि फराकिलो जित

फुटबल |
खेलकुद |


इंग्ल्याण्डको सान मारिनोमाथि फराकिलो जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १३ गते । इंग्ल्याण्डले सान मारिनोमाथि फराकिलो जित हात पारेको छ । विश्वकप फुटबल २०२२ छनेट अन्तर्गत गए राति सम्पन्न खेलमा इंग्ल्याण्डले सान मारिनोमाथि ५–० को आरामदायी जित हात पारेको हो ।
समूह आइ अन्तगर्त दर्शकको अनुपस्थितिमा वेम्ब्लीमा खेलाइएको खेलमा इंग्ल्याण्डले सानमारिनोलाई एक पक्षीय रुपमा पाखा लगायो । १४ औं मिनेटमा जेम्स वार्ड प्रौजको गोलबाट १–० को अग्रता लिएको इंग्ल्याण्डले पहिलो हाफमा थप दुई गोल गर्दै खेल ३–० को स्थितिमा ल्यायो । प्रौजले बेन चिलवेलको क्रसलाई गोलको दिशा दिनुभयो ।
एभर्टनका डोमिनिक काल्भार्ट लेविनले २१ औं मिनेटमा रीस जेम्सको पासलाई हेडरमार्फत् गोल गर्दा इंग्ल्याण्डले २–० को अग्रता लियो । सुरुवातदेखि नै गोल गर्न लालायित देखिनुभएका रहीम स्टर्लिङगले ३१ औं मिनेटमा गोल गर्दै अग्रतालाई तेब्बर पार्नुभयो ।
दोस्रो हाफको सुरुवातमै काल्भार्ट लेविसले उत्कृष्ट अन्त्य गर्नुहुँदै अग्रतालाई ४–० पार्नुभयो । उहाँले ब्यक्तिगत दोस्रो गोल पूरा गर्नुभयो । इंग्ल्याण्डका लागि डेब्यु गर्नुभएका वाटकिनले मैदान प्रवेश गर्नुभएको सातौं मिनेटमा गोल गर्दा इंग्ल्याण्डले ५–० को सहज जित हात पार्यो ।
जितसँगै इंग्ल्याण्ड समूह इ को शीर्षस्थानमा पुगेको छ । एन्डोरामाथि जित हात पारेको अल्बानिया दोस्रो स्थानमा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?